मौसम सुध्रिएपछि सगरमाथाको चुचुरोतर्फ आरोही
फाइल फोटो
काठमाडौँ : भारतमा आएको ताउते आँधीको प्रभावले लगातार तीन दिन वर्षा भएको मौसम सुध्रिएसँगै सगरमाथा आरोहण गर्ने आरोही चुचुरोतर्फ अघि बढेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार आइतबार केही आरोही चुचुरोमा पुग्न लागेको जानकारी दिइन् ।
उनका अनुसार मौसम प्रतिकूलका कारण चुचुरोमा पुग्न नसकेका आरोही मौसम सफा बनेपछि चुचुरोतर्फ गएको र आजै सफल आरोहण गर्नेछन् । गएको वैशाख अन्तिम हप्तादेखि सगरमाथामा यस वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो । त्यसपछि बहराइनका राजकुमारसहितको टोली यस सिजन पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको थियो ।
आज मात्रै चार सय जना आरोही सगरमाथा आरोहरणका लागि शिखरमा पुग्ने निर्देशक आचार्यको भनाइ छ । यसपटक सगरमाथा आरोहणका लागि चार सय ८ जनाले अनुमति लिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया