निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ संस्कृतिमन्त्री किराँतीलाई बुझाइयो
फाइल फोटो
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई नेपाल वायुसेवा निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ बुझाइएको छ ।
निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न भन्दै बनाइएको पूर्व क्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार मन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।
मन्त्री किराँतीसहित मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्त रुपमा समितिले बुझाएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन प्रतिवेदनमा दिइएको सुझावलाई प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया