पर्यटन

पोखरा-नेपालगञ्ज उडानमा आकर्षण, बुद्धले हप्तामा ५ फ्लाइट गर्ने

इकागज |
साउन २०, २०७८ बुधवार ५:४७ बजे

फाइल फोटो

काठमाडौँ : बुद्ध एयरले सुरु गरेको पोखरा-नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । यसै हप्ताबाट बुद्ध एयरले पोखरा-नेपालगञ्ज सिधा उडान थालेको थियो । पर्यटक र यात्रुको चाप बढेपछि बुद्धले तीन दिनमै हप्तामा ५ वटा सिधा उडान गर्ने घोषणा गरेको छ ।

गएको आइतबारदेखि बुद्धले हप्तामा ३ वटा फ्लाइट गर्ने गरी उडान थालेको थियो । तर आर्षकण बढेपछि तीन दिनमै बुद्धले हप्तामै पाँच वटा फ्लाइट गर्ने घोषणा गरेको हो । अब हप्ताको आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उडान हुनेछ । 


यसअघि नाट्टा बाँकेले सीता एयरको जहाज चार्टर्ड उडान गरेर पोखरा-नेपालगञ्ज सिधा उडान थालेको थियो । त्यो उडान सफल र आकर्षक भएपछि बुद्धले पनि आइतबारदेखि सिधा उडान थालेको हो । बुद्धले यो रुटमा चार हजार ९ सय ३५ देखि सात हजार ६ सय ३५ रुपैयाँ भाडादर तोकेको छ । 


Author

थप समाचार
x