पर्यटकको पर्खाईमा फेवातालका डुंगा
फोटो : रासस
काठमाडौँ : कोभिड-१९ का कारण सबै ठाउँमा निषेधाज्ञा खुलिसकेको छैन । खुलेका ठाउँमा पनि ढुक्कले हिड्न गाह्रो छ । त्यसमाथि पछिल्लो समय संक्रमण बढ्दै गएपछि आन्तरिक पर्यटन फेरि ठप्प हुने अवस्थामा पुगेको छ ।
यस्तो बेला पोखराको फेवातालमा डुंगा चलाएर दैनिकी गुजार्नेको अवस्था दयनीय बन्दै गएको छ । प्रायः बाह्रैमास फेवातालमा डुंगा चलाउनेहरु पछिल्लो धेरै महिनादेखि पर्यटकविहीन छन् । पर्यटकको पर्खाईमा रहेका डुंगाहरु अहिले ताल परिसरमा देखिन्छन् । तर बढ्दो संक्रमणले गर्दा आन्तरिक पर्यटन फेरि थला पर्ने अवस्थामा पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया