पर्यटन

फोटो फिचर

तस्‍बिरमा हेर्नुहोस् 'धर्तीको स्वर्ग' खप्तड

दीपक नेपाल |
भदौ १, २०७८ मंगलबार १३:५१ बजे

कैलाली - धर्तीको स्वर्ग, प्राकृतिक सौन्दर्यको खानी प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज यतिबेला ढकमक्क फूलले ढाकिएको छ ।  निकुञ्जमा ती फूलहरू गलैंचा जस्तै बनेर फुल्दा खप्तडको सौन्दर्य झनै बढेको छ । डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाले छोएको खप्तडमा २२ दह र ३२ पाटन रहेका छन् । सुन्दर घाँसे मैदान यतिबेला रंगीचंगी फूलहरूले ढकमक्क ढाकिएका छन । यहाँ पुग्ने जोसुकै पर्यटकहरू जति थकाइ लागे पनि फुलले गर्दा थकान मेटिएको महशुस गर्दछन् ।


खप्तड बाबा आश्रम, त्रिवेणी धाम, खापड दह, नागढुङ्गा, केदारढुङ्गा, यहाँको मुख्य आकर्षण हुन् । जुनसुकै महिनामा पनि घुम्न सकिने खप्तड साउन/भदौ महिनाको समयमा निकै मनमोहक हुने गर्दछ । चारैतिर हरियाली र पाटनभरी भुईफूल’ ले खप्तड निकै मनमोहक देखिन्छ । यहाँ सयौ जातका फुलहरु यतिबेला फुल्ने गर्दछ ।कोभिड कारण खप्तडमा बाह्य पर्यटकहरू पुग्न नसके पनि आन्तरिक पर्यटकहरू भने बेला बेला पुग्ने गरेका छन् ।

पछिल्लो तीन वर्षमा खप्तड घुम्नेहरूको विवरण

आर्थिक वर्ष २०७५/०७६ मा खप्तड घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरू धेरै रहेको भए पनि त्यस पछिका वर्षहरुमा कोभिडका कारण खप्तड घुम्न आउने पर्यटकहरूमा निकै कमि आएको खप्तड राष्ट्रिय निकुञ्जका सूचना अधिकारी शुनिल बोहराले बताए । उनले आर्थिक वर्ष २०७५/०७६ मा विदेशी पर्यटक ४९ जनासहित ३ हजार ७ सय २० जनाले खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गरेको बताए ।

त्यसयता कोराका कारण भएको लक डाउनले गर्दा खप्तड घुम्न आउने पर्यटकहरुको संख्यामा निकै कमि आएको सुचना अधिकारी बोहराले बताए । आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ७ सय २० जनाले खप्तडको भ्रमण गरेको बताउँदै सूचना अधिकारी बोहराले आर्थिक वर्ष २०७६/०७७ मा ७ सय ४६ जनाले खप्तडको भ्रमण गरेको बताए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा भने पर्यटकहरुको संख्यामा वृद्धि भई १ हजार ६ सय ८८ जनाले खप्तडको भ्रमण गरेको सूचना अधिकारी बोहराले बताए ।

तस्बिरहरू: श्रृष्टि रेग्मी
 


Author

थप समाचार
x