पर्यटन

विश्‍व पर्यटन दिवस

पर्यटन व्यवसायी भन्छन्, 'कोभिडको रेड जोनबाट नहटी बाह्य पर्यटक आकर्षित गर्न सकिदैंन'

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न पर्यटन काज बिदा कार्यान्वय गर

अतिन आचार्य |
असोज ११, २०७८ सोमवार १७:१९ बजे

काठमाडौँ- डेढ वर्षदेखि कोभिड–१९ महामारीले शिथिल पर्यटन क्षेत्रले महामारी नियन्त्रण भई यो क्षेत्रमा पुरानै रौनक फर्किने आशासहित ४२औं विश्व पर्यटन दिवस मनाएको छ । विश्वमा खुलापनको लहरसँगै कला, संस्कृति, खानपान, ज्ञान, संस्कार, आतिथ्यताको नवीन अभ्यास, जनस्तरको सम्बन्ध विस्तार, पर्यटनका नयाँ–नयाँ प्रडक्टले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउँदै गर्दा महामारीले पर्यटन क्षेत्रलाई अभूतपूर्व चोट पुर्‍याएको छ ।

पर्यटकको आगमनले स्थानीय वस्तु तथा स्थानको महत्त्वलाई बुझाउन झनै प्रोत्साहन गरेको छ । हिमाल, नदीनाला तथा झरना अन्य प्राकृतिक स्रोतको अवलोकन तथा अध्यन गर्न पर्यटक जाने गर्छन् । मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सयर गर्छन् । एक मुलुकबाट अर्को मुलुकमा गई त्यहाँको प्राकृतिक स्थलको अवलोकन गर्न मानिसहरू लालयित हुन थालेका छन् । आफूलाई आफैभित्र हराउन पनि पर्यटकहरू घुम्‍न निस्कन थालेका हुन् ।


मानिस सबैभन्दा बढी फिरन्ते जातमा पर्ने भएकाले पनि होला स्वतन्त्र रुपमा हिंडडुल गर्न मनराउँछन् । स्वतन्त्र रुपमा हिंडडुल गर्नेलाई पर्यटकको भन्‍न थालिएको छ । कोभिड महामारीले हिडिरहने पर्यटक रोकिदिएको छ । पर्यटन व्यवसाय पनि धरापमा परेको र पर्यटन क्षेत्रलाई पुनः चलायमान गराउन धेरै मुलुकहरू सक्रिय बन्‍न थालेका छन् ।

पछिल्लो दुई वर्ष यता कोभिड-१९ को महामारीले बाह्यय तथा आन्तरिक पर्यटकको चहलपहलमा कमी आएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्र पनि पर्यटन उद्योग बनेको छ । देशभित्र पनि मानिस घुमफिर गर्थे र अन्य मुलुकबाट पनि मानिस घुम्‍न भए पनि आउने गर्थे । कोभिड महामारीले विश्‍वलाई एकै ठाउँमा राखिदिएको जस्तो बनाएको छ ।

नेपालको कतिपय पर्यटकीय स्थलदेखि विभिन्‍न मनोरञ्जनात्मक क्षेत्रमा मानिसको कमी हुन थालेको छ । देशभित्रै अधिकांश व्यवसायीले आफ्ना व्यवसाय छोडेर अन्तै पलायन भएको घटनाहरू सार्वजनिक हुन थालेका छन् । बिस्तारै पर्यटन व्यवसाय सञ्‍चालन भइ आशाको किरण फैलन थालेको छ । 

क्लब मनोरञ्जनात्मक क्षेत्र भीडभाड बढने, पदयात्रा मार्गमा जान पर्यटक आउन थालेका, पर्वतारोहणका लागि बिस्तारै न्यून संख्यामा पर्यटकको आगमन हुन थालेको छ । महामारीमा पर्यटकको आगमन सुनिश्‍चित गर्न कोभिडविरुद्धको खोप अनिवार्य र बाह्य पर्यटकलाई क्‍वारेन्टाइनमा व्यवस्था हटाउनुपर्नेछ । नेपाललाई कोभिडको 'रेड जोन' बाट हटाउन सरकारले विभिन्‍न माध्यमबाट पहल गर्नुपर्नेछ ।

पर्यटन क्षेत्रलाई सुधार्न सरकार गम्भीर हुनुपर्ने

कोभिड महामारीमा पर्यटन क्षेत्रलाई कसरी सुरक्षित गर्न सकिन्छ त्यस विषयमा सरकार गम्भीर हुनुपर्ने नेपाल पर्वतारोहण संघको अध्यक्ष सन्तवीर लामाले बताए । सरकारले पर्यटक भित्र्याउने नीति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

पश्‍चिमा मुलुकले पनि नेपाललाई अहिलेसम्म पनि कोभिडको रेड जोनमा राखेकाले त्यसलाई हटाउन सरकारले पहल थाल्नुपर्ने लामाले बताए । नेपाल आउने पर्यटकलाई गन्तव्यस्थान सुरक्षित रहेको आभास दिलाउनुपर्छ,' उनले भने। सबैलाई कोभिडविरुद्को खोप सहजै उपलब्ध गराउनुपर्छ । बेलायतले हालसालै दक्षिण एसियाली देशहरू बंगलादेश, मालदिभ्स, श्रीलंका, पाकिस्तानलगायतलाई रेड जाेनबाट हटाए पनि नेपाललाई भने रेड जाेनमै कायम राखेकाे छ । यद्यपी नेपालमा खाेप लगाउने जनसंख्याकाे दर यी देशहरूकाे तुलनामा उल्लेख्य छ । 

नेपालको पर्यटकीय क्षेत्रलाई उजागर गर्न सरकारी तवरबाट भन्दा पनि निजी क्षेत्रबाट बढी काम भएको लामाको बुझाइ छ । पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी र क्षेत्रले सहकार्य गरी अघि बढन् उनले सुझाव दिए । 

पर्यटक भित्र्याउन पर्यटन नीति परिवर्तन 

महामारीले गर्दा पर्यटक आगमन शून्य भएकाले त्यसलाई पर्यटक भित्र्याउने नीति परिवर्तन गर्नुपर्ने रात्रीकालीन व्यवसाय एलओडीका निर्देशक सञ्चालक रविन श्रेष्ठ बताउँछन् । पर्यटकीय क्षेत्रम मात्र सरकारले स्थायी नीति निर्माण गरिनुपर्ने उनको माग छ ।

'महामारीले थलिएको पर्यटन व्यवसायलाई माथि उकास्‍न आन्तरिक पर्यटन क्षेत्रको खोजी गरी प्रचारप्रसार गर्नुपर्छ,' श्रेष्ठले भने,' प्याकेजको व्यवस्था गरी पर्यटकलाई प्रोत्साहन गर्न सकिन्छ ।'

पर्यटकीय क्षेत्रलाई प्रोत्साहन गर्न सरकारी र नीजि एकसाथ लागेर काम गर्नुपर्ने उनको भनाइ छ । कोभिडविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई क्‍वारेन्टाइन बस्न नपर्ने व्यवस्था गरिनुपर्ने उनको माग छ ।

पर्यटकलाई नेपाल सुरक्षित छ भनेर विश्‍वास दिलाउ

कोभिडविरुद्धको खोप लगाउन थालिएको र न्यून संख्यामा पर्यटकको आगमन हुन थालेकाले पर्यटकीय क्षेत्रमा थोरै सम्भावना बोक्न थालेको होटल एशोशियसनका अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताउँछन् । विदेशी पाहुनालाई क्‍वारेन्टाइनमा बस्‍न नपर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

अन्तरर्राष्ट्रिय क्षेत्रमा नेपाललाई कोभिडको रेड जोनबाट हटाउनुपर्ने शाहले माग राखे । 'रेड जोनबाट हटाउन सरकारले विशेष पहल थालनी गर्नुपर्छ,' उनले भने,' हामीले यति प्रतिशत मानिसलाई खोप लगाइम र कोभिडलाई नियन्त्रण गर्दै गइरहेको जस्तो सूचना प्रवाह गरिनुपर्छ ।'

विदेशी पर्यटकहरू आउन खोजिरहेको समयमा तत्कालै रेड जोनबाट नहटाएमा झन पर्यटन क्षेत्रमा असहज हुने शाहको भनाइ छ । 'पर्वतारोहीका लागि अहिले सिजन हो,' उनले भने । पर्यटकलाई नेपाल सुरक्षित छ भनेर विश्वास दिलाउनुपर्छ । रेड जोनमा नेपाल रहेकाले धेरै पर्यटकहरू आफ्नो घुम्‍ने समय परिवर्तन गरेको उनको दाबी छ ।

कर्मचारीलाई पर्यटन प्रोत्साहन गर्न १० दिने काज विदालाई कार्यान्वयनमा ल्याउनुपर्ने शाहको माग छ । कसरी दिने, कति दिन र कति खर्च उपलब्ध गराउने त्यसको सम्पूर्ण व्यवस्था गरी निर्देशिका ल्‍याउनुपर्ने उनले बताए । पर्यटकलाई एक महिने निशुल्क भिसा कार्यान्वय गराउन उनले आग्रह गरे । सरकारले अनअराइभल एक महिना भिसा निशुल्क दिने निर्णय गरेको थियो ।

कुटनीतिक नियोगका प्रमुखलाई घुमाएर प्रचारप्रसार

सन् २०२१ मा मात्र करिब ९ हजार बाह्य पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक कविन्द्र भट्टले जानकारी दिए । उनका अनुसार अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, स्पेन, स्वीटजरल्याण्ड, बेल्जियम, फ्रान्स, इटाली र नर्वे लगायत मुलुकका पर्यटक भित्रिएका छन् ।

महामारीले गर्दा बाह्य पर्यटकको आगमन हुन नसकेकाले आन्तरिक पर्यटक स्थलको खोजी भइरहेको भट्टले बताए । नेपाल भित्र रहेका कुटनीति नियोगका प्रमुखलाई मुलुककका विभिन्‍न स्थानमा भ्रमण गर्न लगिएको उनको भनाइ छ ।

राजदूतहरूलाई भ्रमण गराउनुको उदेश्य नेपालको पर्यटकीय क्षेत्र प्रचारप्रसार गर्न सहज हुने भट्टको विश्‍वास छ । आफ्ना देशका नागरिकलाई नेपालमा घुम्‍न सक्ने यी ठाउँहरू हुन भनेर प्रचार गर्न सहयोग पुग्‍ने उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x