पर्यटन

पर्यटकीय केन्द्र बन्दै ‘अर्जुन डहर'

इकागज |
असोज ३०, २०७८ शनिबार ११:६ बजे

उदयपुर - पूर्व  पश्चिम मदन भण्डारी लोकमार्गबाट नजिकै रहेको चारैतिर जंगलले घेरिएको बीचमा ठूलो पोखरी देखिने उदयपुरको ‘अर्जुन डहर पार्क पछिल्लो समय आन्तरिक पर्यटकिय गन्तव्य बन्न पुगेको छ ।  लोकमार्गदेखि दुई किलोमिटर पश्चिम उदयपुरगढी गाउँपालिका– ७ अधेँरीस्थित विश्व कञ्चन सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने पार्कमा पर्यटक आकर्षित गर्ने संरचना निर्माणसँगै आन्तरिक पर्यटकको गन्तब्य बन्न पुगेको हो । 

डिभिजन  वन  कार्यालय त्रिवेणी कटारी र सामुदायिक वन समुहको संयुक्त लगानीमा निर्मित पार्कमा पर्यटक लोभ्याउने वोटिङ, स्थानीय स्राेतकाे प्रयोग गर्दै बनाइएको टिकटिक घर, काठको भ्युटावर जस्ता पुर्वाधार तयार भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।


अन्य ठाउँमाभन्दा फरक स्थानीय स्राेत सामाग्रीको उपभोग गर्ने गरी सखुवाको रुखमा टिकटक घर बनाइएको छ ।  सामुदायिक वन समुहको २२ लाख ७० हजार र वन कार्यालयको १० लाख ६ हजारको संयुक्त लगानीमा उद्यानसहितको टिकटक घर र अन्य संरचना तयार गरिएको सामुदायिक वन समुहका अध्यक्ष भिमबहादुर बस्नेतले बताए ।

पर्यटक बढेसँगै भौतिक संरचना बढाउँदै लैजान लक्ष्य रहेको छ । समुहका सचिव केशवबहादुर अधिकारीले जिल्लाकै पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने गरी आन्तरिक र वन कार्यालयको लगानीमा पार्क बनाइएको बताए । उनले भने, ‘अधेँरीमा रहेको अर्जुन डहर पार्कलाई एक नमूना पर्यटकीय क्षेत्र बनाउने गरी लागि परेकाछौँ, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगको अपेक्षा गरेका छौँ । हरियाली जङ्गलले घेरिएको स्थलमा पार्क पहाडको तल्लो भागमा छ । चारै पट्टीबाट बगेको पानी पोखरीमा जम्मा हुने गरेका कारण बाह्रै महिना पानी रहने गरेको स्थानीयबासी होम बस्नेत बताउँछन । पर्यटकलाई व्यवस्थित गर्न विभिन्न आवासिय टहरा समेत निर्माण गरिएको बताए ।

 झट्ट हेर्दा फेवाताल जस्तै देखिने पोखरीमा बोटिङको मज्जासँगै माछा समेत हेर्न पाइन्छ । दाँया बायाँका भागमा फुलहरू रोपेर रमणीय बनाइएको छ । पार्क नजिक अधेरीँ झर्ना रहेको छ । झण्डै चार किलोमिटर पर मदनभण्डारी लोकमार्गसँगै जोडिएको झर्नाले थप मनोरम दिने गरेको बस्नेतले बताए ।  झर्ना हेर्न र नुहाउन मात्रै दैनिक एक हजारको संख्यामा आन्तरिक पर्यटक आउने गरेको उनले बताए ।

पार्कमा पिकनिक खान आउनेहरू झर्नामा जाने नुहाउने रमाइलो गरी फर्कने गर्दछन् ।  झर्ना हेर्नकै लागि उदयपुरबहेक सिरहा, सप्तरी र सिन्धुलीबाट सर्वसाधरण आउने गरेको उनको भनाइ छ ।  झर्ना लोकमार्गसँग जोडिएकाले अझ बढि भिडभाड हुने गर्दछ । लोकमार्गको यात्रा गर्ने यात्रुहरू समेत झर्नामा एकछिन रोकेर फोटो खिचेर जाने गरेको बताउँछन । दुबै ठाउँ उदयपुरको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ । 


Author

थप समाचार
x