पर्यटन

हेलि एयरको उडान शुक्रबारबाट सुरु हुने

इकागज |
पुस ९, २०७७ बिहीबार १८:२ बजे

काठमाडौँ : कोभिड-१९ महामारीपछि रोकिएको पोखरा आसपासको आकासमा हुने मनोरञ्नात्मक दृश्यावलोकन उडानहरू पुस ९ गतेदेखि पुनः सुचारु हुने भएको छ । विगत चार वर्षदेखि सो क्षेत्रमा दृश्यावलोकन उडान गर्दै आएको हेलि एयर नेपाल प्रालिले शुक्रबारदेखि उडान पुनः उडान थाल्ने जानकारी दिएको हो । 

कम्पनीले विज्ञप्ति जारी गर्दै नेपालकै पहिलो र एक मात्रै दुई सिट क्षमताको दुई वटा जाइरोकप्टरहरू कोभिड १९ को स्वास्थ्य मापदण्डका सम्पूर्ण नियमहरूको पालना गर्दै सम्पुर्ण सेवाहरु पुनः सञ्‍चालनमा आएको जानकारी दिएको हो । 


आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले सबै प्रकारका उडानहरूको भाडामा नेपालीलार्इ ५०५ रुपैयाँ छुटको समेत व्यवस्था गरेको कम्पनीका अध्यक्ष धर्मराज बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x