पर्यटन

एउटै अन्तराष्ट्रिय विमानस्थलको अवस्था

७ वटा विमान निजगढमाथिको आकाशमा फनफनी घुम्दै

इकागज |
पुस १६, २०७८ शुक्रबार ९:२२ बजे

काठमाडौँ - बाक्लो कुहिरो र हुस्सुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएपछि ७ वटा अन्तराष्ट्रिय विमानले आकाशमा फन्को मारिरहेका छन् । काठमाडौँको विमानस्थल हुस्सुले ठप्प भएपछि जजिरा एयरलाइन्सका दुई, हिमालय एयरलाइन्सका तीन र कतार तथा फ्लाई दुबईका एक एक विमानले निजगढको आकाशमाथि फन्को लगाइरहेका हुन् ।

बिहान सबैभन्दा पहिले आएका जजिरा एयरलाइन्सका दुई विमान जिनगढको आकाशमाथि होल्ड भएका थिए । त्यसपछि हिमालय एरलाइनसको विमान थपियो । त्यसको केही समयमा कतार र फ्लाई दुबईको विमान निजगढको आकाशमाथि फन्को लगाउन पुगेका हुन् ।


केहीबेरअघि हिमालय एयरलाइन्सका थप दुई विमान पनि निजगढको आकाशमाथि फन्को लगाइरहेका छन् । हुस्सुका कारण भिजिबिलिटी कम भएपछि विमान आकाशमै फन्को लगाउन बाध्य भएका हुन् । हुस्सुका कारण आन्तरिक विमान पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्न सकेका छैनन । 

यसरी फन्को लगाइरहेका धेरैजसो विमान कतारको दोहाबाट आएका हुन् । 


Author

थप समाचार
x