पूर्वपर्यटनमन्त्री योगेश भट्टराई भन्छन्ः
‘नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैन’
फाइल फोटो
काठमाडौँ - पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् । नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् ।
आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौति दिएका छन् । आफु मन्त्री हुनुभन्दा पहिले नै त्यहाँ कफी हाउस बनिसकेको भन्दै पहिलेकै मन्त्रीले सो निर्णय गरेको हुन सक्ने उनको भनाइ छ ।
बतास कम्पनीले सस्तो भाडा बुझाएर रेस्टुरेन्ट बनाउने निर्णय पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएर रोकिसकेका छन् । तर पनि सामाजिक सञ्जालमा पूर्वपर्यटनमन्त्री भट्टराईको आलोचना रोकिएको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया