पर्यटन

काेभिडका कारण सुदूरपश्चिम महोत्सव स्थगित

दीपक उपाध्याय |
पुस २८, २०७८ बुधवार १९:० बजे

फाइल तस्वीर

कैलाली - धनगढीमा आगामी माग १८ गतेदेखि हुने भनिएको सुदूरपश्चिम महोत्सव कोभिड-१९ का कारण स्थगित भएको छ ।

आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बुधबार एक सुचना जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै महोत्सव अर्को सुचना जारी नभए सम्मका लागि स्थगित गरिएको जानकारी दिए ।


हरेक वर्ष मंसिर २२ गतेबाट महोत्सव हुँदै आएकोमा विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन ।

 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x