पर्यटन

कोभिडका कारण चार दिनमै समापन गरियो चितवन महोत्सव

इकागज |
पुस २९, २०७८ बिहीबार १६:४३ बजे

चितवन– चितवनको नारायणी नदी किनारमा सञ्चालन गरिएको चितवन महोत्सव चार दिनमै सकाइएको छ । कोभिड महामारीका कारण सुरु गरिएको चोैथो दिनमै महोत्सव समापन गरिएकाे हो ।

यो १३ औं संस्करणको महोत्सव थियो ।


कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेपछि चार दिनमै समापन गरिएको आयोजक चितवन उद्योग बाणिज्य संघका अध्यक्ष राजु  श्रेष्ठले बताए । 

महोत्सव ४ माघमा समापन गर्ने कार्यक्रम थियो। अर्को वर्ष १४ औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै महोत्सव समापन गरिएको हो । महोत्सव स्थगन गर्नुपरेपछि महोत्सव मूल आयोजक कमिटीले महोत्सवमा स्टल राखेका व्यवसायीलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ।
 


Author

थप समाचार
x