पर्यटन

हुस्सुले आन्तरिक उडान प्रभावित

इकागज |
पुस २९, २०७७ बुधबार ११:४३ बजे

काठमाडौं : हुस्सुका कारण हवाई उडान प्रभावित भएका छन् । बिहानैदेखि लागेको हुस्सुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान केही दिन यतादेखि प्रभावित भइरहेका हुन् । खासगरी हुस्सुले गर्दा तराईका जनकपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीतर्फका आन्तरिक उडान प्रभावित भएका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

काठमाडौंको मौसम सामान्य रहेपनि तराईका विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान तथा अवतरण प्रभावित भएका हुन् । सोमबारदेखि बुधबारसम्मै आन्तरिक उडान तथा अवतरण प्रभावित भएका कार्यालयको भनाई छ । 


मौसम प्रतिकुलताका कारण वायु सेवा कम्पनीसँगै यात्रुले पनि सास्ती झेलेका छन् । हुस्सुका कारण दैनिक दर्जनौ आन्तरिक उडान रद्द हुँदा यात्रु विमानस्थलमै अलपत्र पर्ने गरेका छन् । बिहानको मौसम प्रतिकूल भएपनि अन्तराष्ट्रिय उडान भने नियमित भइरहेका विमानस्थल कार्यालयले जनाएको छ । 


Author

थप समाचार
x