पर्यटन

१५८ सिटे न्यारोबडी जहाजमा एकजना यात्रु लिएर मलेसिया

इकागज |
पुस २९, २०७७ बुधबार १३:१६ बजे

काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले हिजो मंगलबार एक जना यात्रुलाई मलेसिया लिएर गएको छ । 

मलेसियाको क्‍वालालम्पुर उडेको आर ए ४१५ फ्लाइट नम्बरको उक्त जहाजमा १५८ जना यात्रु बोक्ने क्षमता छ । यो जहाजलाई अपरेशन डाइरेक्टर क्याप्टेन दिपुराज जुहारचन्दले उडाएका थिए ।


काठमाडौंबाट क्‍वालालम्पुर पुग्‍न साढे चार घण्टा लाग्छ । चाटर्ड उडानको लागतअनुसार प्रतिघण्टा उडान खर्च ७ हजार अमेरिकी डलर पर्छ । मलेसिया पुग्दा मात्रै निगमको उक्त जहाजको खर्च ३१ हजार पाँच सय डलर (३६ लाख ५४ हजार रुपैयाँ) भयो । 

निगम स्रोतका अनुसार उक्त आरए ४१५ जहाजले मलेसियाबाट फर्कंदा भने १२५ जना यात्रु बोकेर आज बुधबार काठमाडौं फर्केको छ । 

यसबारे निगमकी प्रवक्ता करिष्मा श्रेष्ठ सम्पर्कमा आउन चाहिनन् ।
 


Author

थप समाचार
x