पर्यटन

सरकारको ध्यानाकर्षण गराउन सडकमा पर्यटन व्यवसायी (फाेटो फिचर)

सुजल बज्राचार्य |
माघ २०, २०७७ मंगलबार १४:४१ बजे

काठमाडौँ । कोभिड–१९ ले धरासायी बनेको पर्यटन क्षेत्रका व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।  कोभिड १९ ले थला परेको व्यवसायलाई उकास्न सरकारले प्याकेजका कार्यक्रम ल्याउनुपर्ने माग राख्दै मंगलबार काठमाडौँ नक्सालमा पर्यटन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।  
 
 उनीहरुले कोभिड–१९ कारण व्यापार व्यवसाय ठप्प भएपनि बैंकहरुले सहुलियत नदिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले महामारीमा पनि बैंकले सहुलियतको सट्टा जरिवाना लिएको आरोप लगाएका हुन् ।   

महामारीपीडित पेसा व्यवसायी संघर्ष समितिको आव्हानमा मंगलबार र बुधबार व्यवसायीहरूले धर्ना दिनेछन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायतका निकायमा राहत प्याकेजका लागि अनुरोध गर्दापनि बेवास्ता गरिएको उनीहरुको गुनासो छ ।  


 

 


Author

थप समाचार
x