सुर्खेतमा श्री एयरलायन्सको परीक्षण उडान सुरु
काठमाडौँ : निजी वायु सेवा कम्पनी श्री एयरलायन्सले काठमाडौँ-सुर्खेत विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । काठमाडौँ-सुर्खेत सिधा परीक्षण उडान शुरु गरेको श्री एयरलायन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाजले आज बिहान १०:३५ मिनेटमा धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले जानकारी दिए ।
‘चालक भरतसिंह थापाको नेतृत्वमा जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो,’ उनले भने, ‘अब नियमित उडान गर्दा कतिसम्म भार बहन गर्न सकिन्छ भन्नेबारे एयरलायन्सका प्राविधिकले अध्ययन गर्छन् होला ।’ उनले २० देखि २२ डिग्री सेल्सियस तापक्रमसम्म क्षमता अनुसारको लोड ल्याउन सकिने चालक दलका सदस्यले जानकारी गराएको बताए । कार्यालय प्रमुख पन्थीका अनुसार जहाजका लागि रनवे उपयुक्त रहेको तर, नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया