पर्यटन

नाट्टा कर्णाली प्रदेशको अध्यक्षमा निर्मल केसी, महासचिवमा देवराज जैसी

इकागज |
माघ २९, २०७७ बिहीबार ७:४० बजे

सुर्खेत : पर्यटन व्यवसायीको जुझारु संंस्था नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टा कर्णाली प्रदेशमा समितिको अध्यक्षमा निर्मल केसी चयन भएका छन् । आइतबार वीरेन्द्रनगरमा भएको पर्यटन व्यवसायीको भेलामा केसीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको विशेष पहलमा केन्द्रीय अध्यक्ष अच्युत गुरागाँईको प्रमुख उपस्थितीमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गोरसिंह बोहरा, महासचिवमा देवराज जैसी, सचिवमा भानुभक्त खड्का र कोषाध्यक्षमा नवराज बुढा क्षेत्री रहेका छन् ।


यस्तै समितिको सदस्यमा बलबहादुर गिरी, दिलबहादुर चौधरी, दिपक जैसी, कृष्ण थापा, अर्जुन हिराचन, बर्षा थापा, तर्क शाही, पवन गिरी छन् । नेपालगञ्ज साइक्लिङ क्लबको संयुक्त आयोजनामा कोभिड १९ महामारीपछि पहिलोपटक बाँके र बर्दियामा वृहत् साइकल यात्रा गरेर 'टुर दी ठाकुरद्धार' कार्यक्रम सम्पन्‍न गरेको नाट्टा बाँकेले पश्चिम नेपालमा पर्यटकीय गतिविधि बढाएको अध्यक्ष श्रीराम सिग्देलले बताए । 

‘कोभिडले गर्दा थलिएको पर्यटन व्यवसाय उठाउने प्रयास गरिरहेका छौँ’ उनले भने, ‘टुर दी ठाकुरद्धारा कार्यक्रमपछि लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पर्यटकीय गतिविधि बढाउँदै छौँ । सोही गतिविधि अन्तर्गत कर्णालीमा प्रदेश समिति पनि गठन गरेका हौँ ।' 
 


Author

थप समाचार
x