पर्यटन

यी हुन् करोडौ लागतमा बन्दै गरेका नयाँ पर्यटकीय गन्तव्य (सूचीसहित)

इकागज |
फागुन १, २०७७ शनिबार ९:१६ बजे

काठमाडौँ : सरकारले विकास तथा निर्माण भइरहेका नयाँ पर्यटकीय गतन्व्यको सूची सार्वजनिक गरेको छ । पर्यटकीयको क्षेत्रको विकास, प्रचार प्रसार र पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधार विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माणाधीन पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको हो ।

सूचीमा विभिन्न प्रदेशका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा निर्माणको आर्थिक लागत, निर्माण गर्न लाग्ने समय र बजेट समेत उल्लेख छ । स्थानीय तहसँगको समन्वयमा लागत साझेदारीमा पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दुई सय पर्यटकीय क्षेत्रको विकास, निर्माण तथा प्रचार प्रसार परियोजना सञ्चालन भएका नाम सूची सार्वजनिक गरिएको हो । यसअघि मन्त्रालयले पर्यटन विकासका लागि आफ्नो क्षेत्रको प्रस्ताव पठाउन आह्वान गरेको थियो ।


जसअनुसार ७ सय १३ वटा प्रस्ताव परेका थिए । तीमध्ये परियोजना सञ्चालनका लागि दुई सय पर्यटकीय गन्तव्यको नाम मन्त्रालयले सार्वजनिक गरेको हो । 

 


Author

थप समाचार
x