पर्यटन

भिटोफको अध्यक्ष पदमा पाण्डेको उम्मेदवारी

इकागज |
फागुन १७, २०७७ सोमबार १८:३९ बजे

काठमाडौँ : काठमाडौं। ग्रामिण पर्यटन प्रवद्धन मञ्च (भिटोफ)को अध्यक्ष पदका लागि वर्तमान महासचिव जस्फा पाण्डेले आफ्नो उम्मेद्वारी दिएकी छन् ।
उम्मेद्वारी घोषणा गरे पनि पाण्डेले चैत २० गते हुने अधिवेसनबाट आफू सर्वसम्मत रुपमा अध्यक्ष बन्ने प्रयास जारी रहेको बताएकी छन् ।

‘सदैव संस्थाको उद्देश्य प्राप्तिका लागि लडिरहेको छु । कोभिड-१९ महामारीका कारण अहिले पर्यटन क्षेत्र थला परेको स्थिति छ । विशेष गरेर नेपालको गाउँ पर्यटनलाई पुनर्जीवन दिनका लागि मेरो उम्मेद्वारी हो,’ उम्मेद्वारी घोषणा गर्दे पाण्डेले भनिन्, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेछौँ । भएन भने निर्वाचन प्रक्रियाबाट भए पनी हामी विजयी हुनेछौँ ।’  पाण्डेले आफूले लामो समय यस क्षेत्रको विकासका लागि काम गरेको भन्दै सर्वसम्मत नेतृत्व चयनका लागि सबैमा अनुरोध गरिन् । 



Author

थप समाचार
x