पर्यटन

होलीमा पनि सुनसान ठमेल

इकागज |
चैत १५, २०७७ आइतबार १५:११ बजे

काठमाडौँ  : आइतबार काठमाण्डौँ उपत्यकालगायत पहाडी जिल्ला होली मनाइएको छ । तर होलीमा पर्यटकले भरिने ठमेल भने यस बर्षपनि सुनसान देखियो । 
यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरुको आवागामनका ठप्प प्राय हुँदा ठमेल बजार सुनसान देखिएको हो ।  

यसअघि होलीमा रमाउनकै लागि पर्यटकहरु काठमाडौको ठमेल पुग्ने गरेका थिए ।  पर्यटकीय चहलपहल धेरै हुने ठमेल कोरोनाका कारण एकर्षदेखि सुनसान छ । 



Author

थप समाचार
x