रीतिरिवाज

भ्रष्टाचारमुक्त देशको परिकल्पना गर्दै काभ्रेमा महायज्ञ

इकागज |
कात्तिक २८, २०७९ सोमबार १०:५९ बजे

काठमाडौँ - व्यक्ति र परिवारको उन्नति प्रगति तथा अपुरा आकांक्षा पूर्तिका लागि भन्दै नेपाली समाजमा महायज्ञ लगाउने चलन छ । यज्ञले पितृहरूको परजन्म पनि सुख र वैभवशाली हुन्छ भन्ने नेपाली समाजमा विश्वास गरिन्छ । यही कारण हिन्दु समाजमा पुराण र महायज्ञ लगाउने प्रचलन छ ।

तर काभ्रे धुलिखेल निवासी युधिष्ठिर पण्डितले आफ्नो र परिवारको हैन देशको चिन्ता गरेर महायज्ञ लगाएका छन् । उनले भ्रष्टाचार मुक्त देश नेपालका लागि महायज्ञ लगाएका हुन् । गत २४ गतेदेखि महायज्ञको सुरुवात भएको जुन आउँदो मंसिर १ गतेसम्म चल्नेछ । 


‘ देवताहरूले पनि नेपाली जनताको दुःख अवश्य देख्नेछन् र यसबाट मुक्त गर्न यो पवित्र भुमि को जनतालाई अवश्य साथ दिनुहुन्छ भन्ने विश्वास गर्दछु ,’ उनले भने । 
युधिष्ठिर पण्डित काभ्रे २ का स्वतन्त्र उम्मेदवार मनोज पण्डितका बुबा हुन् । यो क्षेत्रबाट एमालेको तर्फबाट उम्मेदवार रहेका गोकुल बाँस्कोटामाथि प्रेस खरिदमा ७० करोड घोटाला गरेको आरोप छ । 

स्वतन्त्र उम्मेदवार मनोज पण्डितले पनि भ्रष्टाचार गरेको हाकाहाकी स्वीकार गर्दा पनि राज्य संयन्त्रले दण्डित गर्नुको साटो पुरस्कृत गरिरहेकाले आफ्नो उम्मेदवारी यस्तो प्रणालीविरुद्ध रहेको बताउँदै आएका छन् । 


Author

थप समाचार
x