रीतिरिवाज

उपराष्ट्रपति पुनले लगाए बहिनीहरूसँग भाइटीका

इकागज |
कात्तिक २०, २०७८ शनिबार १३:४३ बजे

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् । 

लैनचौरस्थित उपराष्ट्रपति निवासमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । 


टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए । 


Author

थप समाचार
x