रीतिरिवाज

तिहारमा कैदीबन्दीको निधार खाली

इकागज |
कात्तिक २०, २०७८ शनिबार १९:५५ बजे

दमौली - नेपालीहरूको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो । 

यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । 'कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन', उनले भने,'यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।' कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए । रासस



Author

थप समाचार
x