रीतिरिवाज

पोखरामा भाइटीका महोत्सवः छ देशका २० जनाले लगाए टीका

इकागज |
कात्तिक २१, २०७८ आइतबार १७:२३ बजे

पोखरा - पश्‍चिमाञ्‍चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । 

कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौँ संस्करणका रुपमा पुनःनिरन्तरता पाएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइटस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राले विदेशी पर्यटकका निधारमा सप्तरङ्गी टीका लगाइदिएका थिए । 


तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 
    
नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने मुख्य लक्ष्यका साथ भाइटीका कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवम् संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टीका ग्रहण गर्नका लागि नै कतिपय विदेशी नागरिक बारम्बार पोखरा आउने गरेका छन् ।
    
विदेशी नागरिकलाई टीकासँगै गालामा सयपत्री पूmलको माला र शीरमा नेपाली ढाका टोपी लगाइदिएका थिए भने उनीहरुका लागि सेलरोटीलगायतका परिवार छात्राले पस्किएका थिए । सो अवसरमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । 

रासस


Author

थप समाचार
x