रीतिरिवाज

तिलाका १४  बस्ती छुइगोठमुक्त

इकागज |
मंसिर ३, २०७८ शुक्रवार १४:४८ बजे

जुम्ला - तिलागाउँपालिका र गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा छुइगोठमुक्त अभियान जारी छ । छाउपडी प्रथा अन्त्यका लागि छुइगोठमुक्त अभियान थालिएको तिला गाउँपालिकाकी उपाअध्यक्ष विष्णु बुढाले जानकारी दिइन् । 

‘छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो’, उनले भनिन्, ‘महिला सशक्तीकरण, लैङ्गिक समानता र विभेद अन्त्यका लागि यो अभियान एक नमुना कार्य हो । अहिलेसम्म १४ बस्ती छुइगोठमुक्त भइसकेका छन् ।’


उनका अनुसार बाँकी बस्ती छाउगोठमुक्त हुने क्रममा छन् । सरकारले छाउपडी उन्मुुलन निर्देशिका ल्याए पनि प्रभावकारी रूपमा कार्यन्वयनमा आउन नसकेको गुनासो आइरहेको छ । 


Author

थप समाचार
x