रीतिरिवाज

मकर मेला कोभिडका कारण स्थगित, पूजाआजा गर्ने भक्तजनको भने घुँइचो

इकागज |
माघ ५, २०७८ बुधबार १३:५६ बजे

फाइल फाेटाे

पनौती - प्रत्येक १२ वर्षमा काभ्रेको पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला कोभिडका कारण स्थगित भएपनि पूजाआजाका लागि भने भक्तजन पुग्ने गरेका छन् । 

मकर मेला स्थगित गरे पनि सुरक्षाका मापदण्ड अपनाई पूजाआजा र स्नान गर्न पुग्ने भक्तजनको संख्या न्युन छ । सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो ।


यसअघि मकर मेलाको अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।

किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । 

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बगिरहेको मान्यता छ ।


Author

थप समाचार
x