रीतिरिवाज

ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइयो

इकागज |
चैत १८, २०७८ शुक्रबार १७:० बजे

काठमाडौँ - ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । 

ललितपुरमा हरेक बर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईदै आएको छ । ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पु‍र्याइन्छ ।


 भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहि‍र्‍याइ, टीका पूजा गरिन्छ ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ । पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोलि गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ ।

जात्राको पछि पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ । यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ ।


Author

थप समाचार
x