रीतिरिवाज

भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

इकागज |
चैत २८, २०७८ सोमवार १०:३४ बजे

फाइल फोटो

भक्तपुर - भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् ।

सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् ।  जात्राको क्रममा राति पौने नौ बजेबाट  ढुंगामुढासमेत भएको थियो ।


जात्राको क्रममा सयौं युवाहरुले रथ डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछन् । यो क्रममा राति झै-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ । 


Author

थप समाचार
x