सप्ताहन्त

लगन कुर्दै विष्णु दाइ

श्याम गैरे |
जेठ ७, २०७९ १२:२५ बजे

मुसुक्क हाँस्दै विष्णु दाइ

यस्तै त हो नि प्रेमिल जिन्दगी भाइ ।


भन्दै

औँलाहरू भाँच्दै प्रेमका दिन गन्दै गए ।

मजाकको शैलीमा

आत्मानुभूतिका पुराना थैलीहरू

निकाल्दै गए,

हैट् ‘बुढो पो भइयो कि क्या हो’ भन्दै मतिर हेर्दै

लामो श्वास फेर्दै

आफ्नी एक्स गलफ्रेन्डका तस्बिरसँगैका प्रेमपत्र बेर्दै

फुकाउन थाले प्रेमिकाका कुण्डलीहरू ।

भाइ, भाउजूलाई नभनेस् है

भन्दै आँखा सन्काए,

अनि सम्झनाको त्यान्द्रो तन्काए

भावनामा आए अनि कहानी सुनाए ।

भाइ,

मेरो जवानीमा तरुणी शब्दकोश

छुटेको सुनिताको नामलाई

लेख्‍न म घरबाट भागेँ ।

अनि बद्रीनाथसँग ‘उनलाई मतिर फर्काइ देउ न है भन्दै’ आशिर्वाद मागेँ ।

बद्रीनाथमा मूल त पलायो

तर, उनको प्रेम मतिर कहिल्यै पलाएन

मेरा प्रेमी मित्रहरूलाई

देखाए ती सारा उनका चित्रहरू

मेरो मनको वह मेटाउने नाउँमा

हल्ला भो सारा गाउँमा

भाइ, बद्रीनाथमा हस्तरेखा हेर्दा हेर्दै हिउँ त पर्यो

तर, उनको चिन्ताले मेरो जीउ कहिल्यै परेन ।

पढाइ छुट्यो

सम्बन्ध टुट्यो

अनि आँसु पनि लुटियो,

तर, 

भाइ

मेरो जीवनका भ्रामरीका दशा कहिल्यै समयमै खुटिएनन्

विष्णु दाइ, प्रेमिकालाई गिफ्ट प्याक गर्न थाले,

तर, दाइका आँखा सम्झनामा हराउन लागे,

हिट्लरको रिभल्वरका गोलीहरू झैँ।

अहिलेसम्म दाइको कोमल मन

दुखिरहेछ,

‘सुनिता’ विष्णु दाइको मनको बंकरमा लुकिरहिछ

विष्णु दाइ, भ्यालेन्टाइन पारेर

ल्याबको काम अनि भाउजुलाई घर सारेर

भावनाका ट्याटु खोपेर

सुनिताका नाउका प्रेमका शतविजहरु भ्यालेन्टाइनमा रोपे

त्यो चकमन्न अँध्यारो रातमा

केदारनाथदेखि विदेशसम्मका सुन्दरीका हातमा

आफ्ना हस्तरेखाका कथाहरू सारा लोकसँग जुधाउँदै

आफ्ना पुराना प्रेमका कथा सुनाए, अनि मलाई रुवाए ।

थप कुरा कमल दाइ भन्दै गए,

विष्णु सुनिताका लेखहरू बन्दै गए

सुनिताका नामका प्रेमिल शायरीहरू फुरे

जति लगन आए पनि सुनितासँग विष्णु दाइको कहिल्यै साइत जुरेन । 



Author

थप समाचार
ad
x