सप्ताहन्त

अतीत बनेर भूपेन्द्रले सायालाई लेखेको चिठी

भूपेन्द्र खड्का |
भदौ २५, २०७९ शनिबार १०:३० बजे

गीतकार एवम् सञ्‍चारकर्मी भूपेन्द्र खड्का अहिले किताब प्रकाशक हुन् । बुकहिल पब्लिकेशनका संस्थापक अध्यक्ष रहेका उनका वर्तमानका सपना केवल किताबसँग मात्र जोडिएका छन् । आफू प्रकाशक बन्‍नुअघि विभिन्‍न साहित्यकारका पुस्तकका पहिलो प्रति पढ्न पाउने सौभाग्य प्राप्त गरेका उनले सञ्‍चालन गर्ने रेडियो कार्यक्रम 'अभिव्यक्ति' कुनै समय निकै लोकप्रिय थियो ।

सुबिन भट्टराईको नयाँ उपन्यास 'इजोरिया' लोकार्पण भइरहँदा उनको पहिलो उपन्यास 'समर लभ'को लोकार्पण र युवापुस्तामाझमा पुर्‍याउन उनले खेलेको भूमिका स्मरण गरेको उनले बताएका छन् । सन् २०१३ को जनवरी १९ मा ललितपुरस्थित मोक्षमा लोकार्पण भएको समारोहमा उनले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । नायिका झरना वज्राचार्य, मिस नेपाल माल्भिका सुब्बा र रेडियोकर्मी प्रशन स्याङदेनले लोकार्पण गरेको सुबिनको पहिलो उपन्यास बेस्टसेलर र युवापुस्तामाझ निकै लोकप्रिय मानिन्छ ।


लोकार्पण समारोहमा सहजकर्ताको भूमिका निर्वाह गर्दा उपन्यासको पात्र 'अतीत' बनेर 'साया'लाई लेखेको चिठी उनले वाचन गरेका थिए । आज हामीले उनले लेखेको चिठीलाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौँ ।


Author

भूपेन्द्र खड्का

खड्का बुकहिल पब्लिकेशनका संस्थापक अध्यक्ष हुन् ।


थप समाचार
x