सप्ताहन्त

विभेद गर्छौ किन, विवेक छैन र ?

गोविन्द न्यौपाने |
असार १०, २०७८ बिहिवार १६:५८ बजे

कामीकी छोरी म, म मान्छे होइन र ?

विभेद गर्छौ किन, विवेक छैन र ?


जन्म्यौ रे तिमी मनुको मुखबाट ! जन्मेँ रे म मनुको पाउबाट

सुन्दैनौ किन दलनको चित्कार ? दलितको घाउबाट,

न्यायको विधानमा समता छैन र ?

कामीकी छोरी म, म मान्छे होइन र ?

कसले लेख्यो ? जातको विधान

 कसले लेख्यो विभेदको संविधान

मुक्तिको ध्वनि गुन्जिन्छ अब इतिहासको घाउबाट,

कामीकी छोरी म, म मान्छे होइन र ?

विभेद गर्छौ किन ? विवेक छैन र?


Author

गोविन्द न्यौपाने

न्यौपाने इतिहास अध्येता हुन् ।


थप समाचार
x