सप्ताहन्त

सिनेमा समीक्षा

तामेलनाडुको मुहार फेर्ने अम्मा अर्थात जयललिता

मदर अफ तामेलनाडु, अर्थात जयललितालाई पढेपछि !

अनिल अधिकारी |
मंसिर ११, २०७८ शनिवार १७:७ बजे

यदि कथा मार्मिक छ भने पैसा तिरेर हलमा बसी मकैका फूल खाँदै चलचित्र हेर्नुको मज्जै बेग्लै हुन्छ । कथा, पटकथा, द्धन्द्ध र संगीत सिनेमा श्रृङ्गगार हुन् । ती सबैको गज्जबको कम्बिनेसन हुनुपर्दछ । हरेक फिल्मले नयाँ सन्देश दिइरहेको हुन्छ, फिल्म हेर्दा मुख्यगरी हामी हिरोअर्थात् मुख्य पात्रमा बढ्ता ध्यान दिइरहेका हुन्छौं । हामी मध्ये धेरैलाई त्यही हिरोकै कारण चलचित्र हल सम्म पु¥याएको हुनुपर्दछ । त्यो हिरो जस्ले समाजमा नयाँ सन्देश प्रवाह गर्ने भूमिका खेलिरहेको हुन्छ । हिरोले समाजका विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउने र जनताको आवाज बोल्ने गर्दछ । 

अहिले यस्तै हिरो अर्थात क्रान्तिकारी नेताका बारेमा एउटा फिल्म बनेको छ, त्यो फिल्मको नाम हो, ‘ थलाइभी’ अर्थात क्रान्तिकारी नेता । यसो त यो फिल्म त्यत्ति चर्चामा छैन्, तर  तमिलनाडुमा ६ पटक मुख्यमन्त्री भई सकेकी क्रान्तिकारी नेतृ जयललिताको जीवनमा आधारित यो चलचित्र इतिहास बुझ्न र देशको परिर्वतनका लागि राजनेता र समाज रहेको महिला र पुरुषका बीचको विभेद जान्नका लागि एक पल्ट फिल्म हेर्दा समयको सदुपयोग नै हुन्छ ।


हामीले हाम्रो देशमा महिला र पुरुषका बीचमा विभेद भएको या तल्लोस्तरमा महिलाप्रति घृणा गरेको समाचार छिमेकी मुलुक भारतका हिसाबमा कम सुन्छौं । भारतमा आज, २१ औं शताब्दीका दिनमा पनि दाइजोकै कारण महिला हिंसा र बलात्कारका घटना भइरहेका खबर सुनिरहेकै छौं । यस हिसावले भलै विकासका क्रममा नेपाल कैयन वर्ष पछाडि हुन सक्छ तर सामाजिक क्रान्तिका हिसावले नेपाल अगाडि देखिन्छ । 

चलचित्र ‘थलाइभी’ले जयललिता तमिलनाडु राज्यको मुहार परिर्वतनका लागि अब्बल, क्षमतावान नारी थिइन् भन्ने देखाएको छ । अर्थात् मदर अफ तमिलनाडु । घरको पारिवारिक अवस्था कमजोर भएका कारण आमाको आग्रहमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी कुनै जमानाकी चर्चित नायिका जयललिता पढाइमा मात्रै होइन्, कलाकारितामा पनि उत्तिकै अब्बल थिइन् । तमिलनाडु सिने क्षेत्रमा चर्चित नायक तथा एआइएडीएमके पार्टीका नेता एमजी रामचन्द्रसँग दर्जनौं चलचित्र गरेपछि उनकै आग्रहमा जयललिता राजनीतिमा प्रवेश गर्दछिन् । कलिलो उमेरमा चलचत्रिमा प्रवेश गरेकी जयललिताले थुप्रै भाषाका दर्जनौं चलचित्रमा अभिनय गरेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्डसमेत हात पारेकी छन् । 

अब सुरु गरौं उनको राजनीतिक यात्राका बारेमा । के भारत जस्तो देशमा जहाँ महिलालाई नोकर जस्तै व्यवहार गरिन्थ्यो त्यहाँ ६ पटक सम्म मुख्यमन्त्री बन्न सम्भव थियो ? पक्कै थिएन् । आजका मितिमा पनि ‘बेटी बचाओ बेटी पढाओ’को नारा टेलिभिजन र रेडियोमा दैनिक धन्किन्छ । त्यहाँ राज्यकै विकास गर्छु अनि समाज परिर्वतन गर्छु भन्नु नै पहिलो जित थियो । त्यसैले उनलाई थलाइभी अर्थात क्रान्तिकारी नेता भनेर चिनिन्छ । आज पनि जयललिताको फोटो त्यस राज्यका हर घरमा राख्ने गरेको पाइन्छ । जयललितालाई भारतको तमिलनाडु राज्यमा अम्माअर्थात् आमा भनेर बोलाइन्थ्यो । 

अम्माअर्थात् जयललिता एमजी रामचन्द्रले बनाएको पार्टीको संस्थापक नेता हुँदै त्यही पार्टीबाट ६ पटक सम्म मुख्यमन्त्री भइन तर उनले झेलेका अपमान, गरेको साहस साँचिकै प्रशंसा गर्न लायक छन् । २० औं वर्षअघि, भारतजस्तो देशमा त्यो पनि एक महिलाले गरेको साहस सुन्दा आङ फुल्छ । अम्माअर्थात् आमाको सम्बोधन उनका लागि असली सम्मान हो । समग्र राज्यबाट आमाको सम्बोधन पाउनु अघि जयललिताले राजनीतिक यात्राका हरेक दिन अपमान, पीडालाई आत्मसात गरेर राज्यको मुहार फेर्न कुनै कसर बाँकी नराखेको चलचित्रमा देख्न पाइन्छ । भारतको तमिलनाडु आज युरोपियन मुलुकभन्दा कम नरहेको भनी प्रशंसा गरिन्छ त्यसमा जयललिताकै योगदान र मेहेनत होभन्दा फरक नर्पला ।

जसलाई थलाइभी अर्थात क्रान्तिकारी नेता भनेर चिनिन्छ, क्रान्तिकारीको पदवी शान्तिपूर्ण बिकासको राजनीतिबाट पनि सम्भव छ भन्ने शिक्षा पनि जयललिताबाट सिक्न सकिन्छ । 

जयललिता मुख्यमन्त्री बन्नुभन्दा अघि तिन पल्ट मुख्यमन्त्री भएका एमजी रामचन्द्र जो तमिल भाषा चलचित्रका चर्चित नायक थिए, उनले मद्रासको मुहास फेर्ने जग बसालेका थिए । त्यो जगमा  घरमा बनाइन जयललिताले । हरेक नागरिक शिक्षित र आर्थिक रुपमा सबल हुनु पर्दछ भन्ने मान्यताका साथ वर्षौं सक्रिय राजनीति गरेकी जयललिता विश्व इतिहास काम गर्ने सम्मानित नारीहरु मध्ये एक हुन भन्दा फरक नपर्ला । 

यस्तै पात्र र चरित्रका कारण महिलाप्रति समाजमा सम्मान र व्यवहार बदलिएको हुनुपर्दछ । नारीले नारी नै असक्षम देख्ने र पुरुषहरूको दास व्यवहारका बीचमा जयललिताले राजनीतिमा महिलाहरु कमजोर हुँदैनन् भन्ने प्रमाणित मात्रै गरेकी छैनन्, उनले नारी पुरुष बराबर हुन एक रथका दुई पाग्रा हुन भन्ने सन्देश विश्वभर फैलाउन सफल भएकी छन् । 

जयललिताले दर्जनौं अन्तर्राष्ट्रिय मिडियामा अन्तर्वार्ताहरू दिएकी छन्, ।उनले दिएका अन्तर्वातौहरुमा कुनै पनि घमण्ड झल्किन्न् । उनलाई एक पत्रकारले सोध्छन्, ‘के ६ पटक मुख्यमन्त्री हुनु र महिला र पुरुषका बीचको विभेदलाई चिर्न सहज थियो ? त्यो प्रश्नमा जयललिता भन्छिन्, ‘यो कुनै जादु थिएन्, निरन्तरको मेहेनत र त्यसैको प्रतिफल थियो,’ सफल राजनेताको बिभूषण पाएकी नेतृ जयललिता थप्छिन्, ‘यदि तपाईँले जनतालाई माया दिनुहुन्छ भने जनताले तपाईँलाई पनि माया दिन्छन् ।’ यो शिक्षा जयललिताले एमजी रामचन्द्रबाट लिएकी थिइन् । 

जयललिताले भोगेको अनुभवलाई चलचित्रमा देखाउन खोजिएको छ । एक पल्ट जयललिता सदनमा पुग्छिन्, उनलाई महिलाले केही गर्न नसक्ने र महिला कमजोर हुन्छन्, भन्ने ढंगले अपमान, अपहेलना र कुटपिट गरिन्छ् । त्यसदिन जलललिताले कसम खान्छिन्, ‘अब म यो भवनमा मुख्यमन्त्री भएर मात्रै फर्किन्छु ।’ त्यो प्रतिवद्धता जयललिताले केही वर्षमै पूरा गरेर देखाइन् । योजना बनाएर काम गरेपछि असम्भव छैन भन्ने अर्को प्रमाण पनि जयललिताले पेस गरेकी छन् ।  

‘थलाइभी’ले दिने धेरै सन्देशहरु छन्, त्यस मध्ये मुख्य सन्देश भनेको उनले समाज परिर्वतनका लागि एक राजनेता आवश्यक छ भन्ने सन्देश हो । भारतको दक्षिणभेग केन्द्रीय सरकारको आँखामा नपर्नु, भाषाको समस्या कारण केन्दी्रय राजनीतिक दलहरुसँग अपेक्षित संयोजन नहुनु, आफ्नो राज्यमा रहेको पछौटेपन, अशिक्षा, बरोजगारी, असमानता, अविकसित राज्य हुनुको पीडालाई बोध गरेर आफ्नो कार्यकालमा उनले विकसित भनिने युरोपियन मुलुक जस्तै राज्य बनाउन सफल भएकी जयललिता त्यो राज्यकी साँचिकै आमा हुन् । 

जयललिताको भनाइ थियो म राजनीति जनता र राज्यको स्वाभिमानका लागि गर्दछु । उनले जनतालाई नै परिवार सम्झेर राजनीति गरिन् । उनको सक्रिय राजनीतिक काल खण्डमा भारतीय राजनीतिमै ठूलठूला घटना पनि भए । धरपकड, आरोप प्रत्यारोप प्रधानमन्त्रीको हत्या, संस्थापक नेताको अप्रत्यासित निधन यी सबसँग एक अविवाहित एकल नारीले कुनै सबल भनिने पुरुषभन्दा सयौं गुणा बढी क्षमता प्रर्दशन गर्नु र राजनीति गर्नु चानचुने कुरै थिएन् । 

जयललिताको जीवनलाई हेर्दा उनले आफूले चाहेको कहिल्यै गर्न पाइनन् । यसो त उनी वकिल बन्न चाहन्थिन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण आमाको आग्रहमा चलचित्रमा आइन् । उनी संलग्न पार्टीका नेता एमजी रामचन्द्रको असामयिक निधनपछि उनकी श्रीमति राजनीतिबाट बिदा भएपछि उनलाई अगाडि सारियो । तर उनले कहिल्यै आफूलाई कमजोर र अबला नारी देखाइनन् । 

जयललिताका बारेमा थुप्रै अन्तर्वार्ता, भिडियो, पुस्तक र अन्य सामाग्री पढ्न पाइन्छ । उनको जीवनलाई हेर्दा उनले साँच्चिकै क्रान्तिकारी नेता भएरै जीवनको अन्तिम सास लिएको महसुस हुन्छ । यसैले यस्ता नारीलाई मनदेखि सम्मान स्वरुप भन्न भन लाग्छ, अलबिदा जयललिता । जसलाई क्रान्तिकारी नेता भनेर चिनिन्छ, क्रान्तिकारीको पदवी भिर्न हत्या हिसांबाट होइन शान्तिपूर्ण विकासको राजनीतिबाट पनि सम्भव छ भन्ने शिक्षा पनि जयललिताबाट सिक्न सकिन्छ । विकासको फेरो समातेर मुलुकलाई समृद्ध बनाउन हाम्रो देश नेपालमा र विश्वभर यस्तै हजारौं थलाइभीहरूको खोजी भइरहेको छ । 


 


Author

थप समाचार
x