विश्व

पाकिस्तानी राजनीतिक अस्थिरतावीच लडाकू समूहले लाभ उठाएको दावी

इकागज |
जेठ ४, २०७९ बुधबार २०:३९ बजे

काठमाडाैँ – नयाँ सरकारको निर्वाचनका लागि भएका आन्दोलन र अभियानका कारण राजनीतिक अस्थिरता हुँदा पाकिस्तानमा आन्दोलनरत लडाकू समूहहरूलाई लाभ भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

अहिलेसम्म पाकिस्तान र अफगानिस्तान दुवै देशका अधिकारीका साथै सर्वसाधारणमाथि अघिल्लो बर्षको तुलनामा २४ प्रतिशत बढी हमला भएको छ । यसले विश्व समुदायलाई चिन्तित बनाएको छ । ‘सेन्टर फर प्रिभेन्टिभ एक्शन अफ द काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर)’ को विश्वव्यापी द्वन्द्व अनुगमन कार्यक्रमका अनुसार विद्रोहीहरूको आक्रमणको संख्यामा वृद्धिले पाकिस्तान र अफगानिस्तान दुवैमा आफ्नो आधारहरू फैलाउँदै आएको छ । 


सीपीआरले भनेको छ, “अफगानिस्तानबाट अमेरिकी सेना लाई हटाई पाकिस्तानबाट विद्रोहीहरुलाई अफगानिस्तानमा सुरक्षित आश्रय स्थल स्थापना गर्न दिएर क्षेत्रीय अस्थिरता बढ्न सक्छ ।” यसबाहेक लगातार को अस्थिरताको सामना गर्दै आइरहेको पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तान र भारतमा पनि गम्भीर सुरक्षा प्रभाव पार्न सक्छ ।

 यस आक्रमणको प्रमुख कारण पाकिस्तानबाट प्रतिबन्धित तेहरेक–ए–तालिबान पाकिस्तान (टीटीपी)को भूमिकासँग सम्बन्धित रहेको बताइएको छ । उक्त समूहले अहिले तालिबानसँग सहकार्य गर्दै आएको छ । 

“अप्रिल महिनामा आतङ्ककारीहरूले ३४ वटा आक्रमण गरे जसमा ५५ जना मारिएका छन् जसमा ३४ सुरक्षा फौजका कर्मचारी, १३ जना सर्वसाधारण र आठ जना विद्रोही रहेका छन् । 

यो अवधिमा ११ सुरक्षाकर्मी र १४ नागरिकसहित २५ जना घाइते भएका छन् । आतङ्ककारीहरुले २०२२ मार्चमा देशभर २६ वटा आक्रमण गरेका बताइएको छ । यसबाट ११५ जनाको मृत्यु भएको थियो भने २८८ जना घाइते भएका थिए । 


Author

थप समाचार
x