विश्व

१७३० युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे : रुस

इकागज |
जेठ ५, २०७९ बिहिवार १७:२ बजे

मस्को- रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह सहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ ।

'विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,' मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ । 'मे १६ देखि कुल  ८० घाइतेसहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ । (एएफपी) 



Author

थप समाचार
x