विश्व

रुसले डोनबासलाई 'नर्क' बनायोः जेलेन्स्की

इकागज |
जेठ ६, २०७९ शुक्रवार ११:४१ बजे

काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पुर्वी डोनबासलाई रुसले 'नर्क' बनाइदिएको आरोप लगाएका छन् । डोनबास क्षेत्रमा रुसी सेनाले युक्रेनविरुद्ध थप आक्रामक बनेपछि जेलेन्स्कीको यस्तो भनाई आएको बीबीसीले जनाएको छ । 

किभबाट बोल्दै जेलेन्स्कीले रुसले सो क्षेत्रलाई ध्वस्त पारेको दावी गरेका छन् । उनका अनुसार रुसी सेनाले युक्रेनको मध्यमा रहेको ओडेसा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ । 


यसका लागि रुससँग कुनै सैन्य व्याख्या हुन नसक्ने समेत उल्लेख गरे । जेलेन्स्कीले सकेसम्म धेरै युक्रेनीहरूलाई मार्ने रुसको नियत भएको तथा यो आपराधिक प्रयास रहेको दावी गरे । 

उनका अनुसार रुसको उदेश्य भनेको सकेसम्म धेरै घरहरू तथा भौतिक पुर्वाधारहरु नष्ट गर्नु रहेको छ । 
 


Author

थप समाचार
x