विश्व

आर्थिक संकटका कारण पाकिस्तानले लगायो अत्यावश्यकबाहेकका वस्तुहरू आयातमा रोक

इकागज |
जेठ ६, २०७९ शुक्रबार १४:१४ बजे

इस्लामावाद- पाकिस्तानले अति आवश्यकबाहेकका तथा विलासिताका सामान आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरू आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।

यसरी आयातमा रोक लगाइएका सामानहरू तीन दर्जन भन्दा बढी रहेको पनि बताइएको छ । पाकिस्तान सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।


पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरू ल्याएको छ । आर्थिक संकट पर्न सक्ने संकेतहरू देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरू आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन् ।

मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरू देखिन थालेको भन्दै यसका लागि देशबासीहरूले त्यसमा सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x