विश्व

सिबिआईले लालु यादवको अनियमितता बारे छानबिन थाल्यो

इकागज |
जेठ ७, २०७९ शनिबार ६:४४ बजे

फाइल फोटो

काठमाडौँ- भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)ले राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद विरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा नयाँ मुद्दा दर्ता गरेको छ ।  शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मीसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा खोजी थालेको छ । 

खोजबिन बारे सिबिआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरुले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले  सन् २००४ र २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितसँग सम्बन्धित रहेको बताएका छन् । 


शुक्रबार बिहान ७ बजेदेखि खोजी सुरु भएको र सिबिआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडीदेवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मीसा भारती उपस्थित थिए ।  टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो । लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लण्डनमा छन् ।

सिबिआईले खोजबिन थालेको खबर फैलिएपछि  ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरो विरुद्ध नारा लगाएका थिए ।


Author

थप समाचार
x