विश्व

असाममा बाढी–पहिरो : ५ सय परिवार रेलमार्गको ट्र्याकमा बस्न बाध्य

इकागज |
जेठ ७, २०७९ शनिवार १०:१० बजे

असाम- भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्र्याकमा बस्न बाध्य भएका हुन् ।

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो । बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्रिपालमुनि अस्थायी आवासमा शरण लिएका स्थानीय विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् ।


बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन् । बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन् । बाढीमा ज्यान गुमाएका पीडितका परिवारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ । एजेन्सी 


Author

थप समाचार
x