विश्व

जलवायु नीतिमा व्यापक परिवर्तन गरिने अष्ट्रेलियन प्रधानमन्त्रीको भनाइ

इकागज |
जेठ ८, २०७९ आइतबार १०:६ बजे

काठमाडौँ – अष्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थनी अल्बानिजले जलवायु नीतिमा ठूलो परिवर्तन गर्दै देशलाई नयाँ दिशामा लैजाने वाचा गरेका छन् । अष्ट्रेलियामा शनिबार भएको संघीय निर्वाचनमा विपक्षी दल लेबर पार्टीबाट चुनाव जितेका अल्बानिजले अष्ट्रेलिया नविकरणीय ऊर्जाको महाशक्ति बन्न सक्ने बताए ।

अल्बानिजले सोमबार प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम भएपनि उनको पार्टीले बहुमतको सरकार बनाउने वा नबनाउने अझै सुनिश्चित भने भइसकेको छैन । मतगणना जारी नै रहदा लेबरले आवश्यक ७६ सिट जित्ने वा नजित्नेबारे अझै सुनिश्चित भने भइसकेको छैन ।


अष्ट्रेलियामा विगत तीन वर्षमा व्यापक रुपमा भएको डढेलो तथा बाढीपहिरोका कारण जनताले जलवायु परिवर्तनको विषयमा चासो देखाउदै आएका छन् ।

यता प्रधानमन्त्री पद गुमाउन पुगेका लिबरल गठबन्धनका स्कट मरिसनले पराजय स्विकार्दै अष्ट्रेलियाको जनताले गरेको चमात्कारिक परिवर्तनलाई लिएर धन्यवाद दिए । 
 


Author

थप समाचार
x