विश्व

डब्लुएचओ प्रमुखमा टेड्रोस पुनः निर्वाचित

इकागज |
जेठ १२, २०७९ बिहीबार ५:४५ बजे

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम घेब्रेयसस दोस्रो कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका छन् । 

विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो । उनलाई निर्वाचन हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ । 


निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो ।  

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उनले भने, 'यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महशुस भएको छ ।' (एएफपी)


Author

थप समाचार
x