विश्व

जसले श्रीमतीको मृत्युको पीडा सहन नसकेर ज्यान गुमाए

इकागज |
जेठ १३, २०७९ शुक्रबार ११:१६ बजे

काठमाडौँ- अमेरिकाको टेक्ससस्थित उभाल्डेमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा एक शिक्षिकाको मृत्यु भयो । श्रीमतीको मृत्युबाट विक्षिप्त भएका श्रीमानको पनि केही दिनपछि हृदयघात भएर मृत्यु भएको छ । 

रोव इलेमेन्ट्री स्कुलमा भएको उक्त घटनामा २३ वर्षदेखि अध्यापन गराइरहेकी इर्मा गार्सियाको मृत्यु भएको थियो । 


तर उनको वियोगमा श्रीमान जोए गार्सियाको पनि दुई दिनपछि हृदयघातका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । अन्धाधुन्ध गोली चल्दा इर्मासँगै अन्य एक शिक्षक तथा १९ विद्यार्थीको मृत्यु भएको थियो । इर्माकी भतिजले संचालन गरेको गोफन्ड क्याम्पेन पोस्टमा पनि जोएको निधन बिहीबार विहान हृदयघातका कारण भएको जनाइएको छ ।

इर्मा र जोएले २४ वर्षअघि विवाह गरेका थिए र उनीहरूका चार सन्तान छन् । स्थानीय संचारमाध्यमले जोएको मृत्यु हृदयघातका कारण भएको जनाएको छ । 

उनीहरूका १२ देखि २३ वर्षका दुई छोरा र दुई छोरी रहेका छन् । र, इर्माले अन्तिम सास हुँदासम्म आफ्ना सन्तानहरूलाई अंगालो हालेकी थिइन् । उनले विद्यालयका अन्य विद्यार्थीहरूलाई बचाउने क्रममा आफ्नो ज्यान गुमाएकी थिइन् । 

चार कक्षामा अध्ययन गराउने इर्माले विद्यालयको वायोग्राफी पेजमा आफ्ना श्रीमान, चार छोराछारी र शिक्षण असाध्यै मनपर्ने लेखेकी थिइन् ।
 


Author

थप समाचार
x