विश्व

दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

इकागज |
असार ४, २०७९ शनिबार ९:४२ बजे

न्यूयोर्क- विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । 

संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।


यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ ।   

'दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,' यूनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

अघिल्लो बर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विशेष गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरू धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।  

जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । 

जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यसैगरी रूस—यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि यूनिसेफले जनाएको छ । (एएनआई)


Author

थप समाचार
x