विश्व

डेनमार्कमा कोभिडविरुद्ध चौथो डोज खोप लगाउने तयारी

इकागज |
असार ८, २०७९ बुधबार २१:१० बजे

कोपेनहेगन- डेनमार्कमा कोभिड १९ विरूद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । 

सरकारले कोभिडविरूद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ ।


यस पटक पनि सुरूमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ । 

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोभिडविरुद्ध लड्ने अर्को चरणको प्रयास अन्तर्गत यो खोप अभियान सुरू गर्न लागिएको जानकारी दिए ।   

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ ।

डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोभिड १९ बाट सङ्क्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोभिडका कारण मृत्यु भएको तथ्यांक छ । सिन्ह्वा


Author

थप समाचार
x