विश्व

जर्मनका अर्थमन्त्रीले भने-  ग्यासको अभाव छ, अब हामीले केही गरेनौं भने अवस्था झन् बिग्रनेछ

इकागज |
असार १०, २०७९ शुक्रबार ६:५१ बजे

फ्राङ्कफर्ट- रूसले जर्मनीलाई ग्यास आपूर्ति कम गरेपछि आकस्मिक योजनाअन्तर्गत ग्यास सतर्कता स्तर बढाएको छ । 

बिहीबार पत्रकार सम्मेलनमा अर्थमन्त्री रोबर्ट हाबेकले भने, 'अहिले जर्मनीमा ग्यासको अभाव भएको छ ।'


'रूसको यूक्रेनविरूद्धको आक्रमणपछि पश्चिमको समर्थनको बदलामा यूरोपेली एकतालाई खलबलाउने उद्देश्यले जर्मनीविरुद्ध ग्यास आपूर्तिलाई ‘हतियारको रूपमा’ प्रयोग गरिरहेको थियो,' हाबेकले भने ।  

'बढ्दो स्तरले ‘ग्यास आपूर्ति स्थिति’को उल्लेखनीय खस्कँदो अवस्था प्रतिबिम्बित गरेको छ,' हाबेकले भने । 'अब हामीले केही पनि गरेनौं भने अवस्था झन् बिग्रनेछ ।' 

अन्य थुप्रै युरोपेली देशहरूजस्तै जर्मनी पनि इन्धनको आफ्नो आवश्यकता पूरा गर्न रूसी ऊर्जा आयातमा अत्यधिक निर्भर छ । (एएफपी)
 


Author

थप समाचार
x