विश्व

युक्रेनको ‘सपिङ सेन्टर’ मा भएको मिसाइल आक्रमणमा १८ को मृत्यु

इकागज |
असार १४, २०७९ मंगलबार १३:३७ बजे

काठमाडौँ – रुसले युक्रेनको क्रेमेनचुकमा रहेको ‘सपिङ सेन्टर’ मा गरेको मिसाइल आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ । अधिकारीहरुलाई उदृत गर्दै अलजजिराले जनाए अनुसार थप ५९ जना घाइते भएका छन् । गम्भिर घाइते २५ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।

युक्रेनको पोल्टाभा क्षेत्रका सैन्य अधिकारी डिमित्रो लुनिनले उद्दार कार्य जारी रहेको बताएको सीएनएनले जनाएको छ । युक्रेनी अधिकारीहरुका अनुसार रुसी केएच-२२ मिसाइल आक्रमण हुँदा ‘सपिङ सेन्टर’ मा सयौ मानिसहरु रहेका थिए ।


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण आतंकवादी आक्रमण भएको तथा युरोपको इतिहासकै सबै भन्दा ठूलो आतंकवादी आक्रमण रहेको समेत बताए ।


Author

थप समाचार
x