विश्व

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

इकागज |
असार १५, २०७९ २१:५२ बजे

फाइल फोटो

काठमाडौँ - भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । ​निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । 

वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ ।


निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम तालिका सार्वजनिक गरेको छ । अब त्यहीअनुसार काम हुने आयोगको भनाइ छ । दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ । मतदान गोप्य हुनेछ भने कुनै पनि राजनीतिक दलले ह्वीप जारी गर्न नपाउने संवैधानिक व्यवस्था रहेको छ । 
रासस



Author

थप समाचार
ad
x