विश्व

रेल दुर्घटनापछि राजीनामा दिएका ताइवानी रेलमन्त्री भन्छन्, ‘दुर्घटनाको जिम्मेवारी म लिन्छु’

इकागज |
चैत २२, २०७७ आइतबार १३:१४ बजे

काठमाडौँ: ताइवानमा गत शुक्रबार रेल दुर्घटनामा परी ५१ जनाले ज्यान गुमाए । ताइवानको पूर्वी सहर हुवालाइनमा भएको दुर्घटनाले मुलुकलाई नै शोकमा डुबायो । 
दुर्घटनापछि ताइवानका यातायात मन्त्री लिन चिया लुङले जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरे ।

यद्यपि उनले ताइवानी प्रिमियर/सरकार प्रमुख सु सेङ चाङलाई बुझाएको राजीनामा अस्वीकृत भयो ।  राजीनामा अस्वीकृत भए पनि मन्त्री लुङले रेल दुर्घटनाको जिम्मेवारीबाट आफू नभाग्‍ने प्रतिक्रिया दिए । ‘दुर्घटनापछिको अवस्था सम्हाल्ने जिम्मेवारी मेरै हो । अहिले म त्यसमा लागिरहेको छु । जब उद्धार कार्य सकिन्छ, त्यसपछि मेरो पदबारे निर्णय हुने नै छ,’ लुङले भनेका छन् । 


दुर्घटना पछि ताइवानमा यातायात मन्त्रालय र रेल विभागको व्यापक आलोचना भइरहेको छ । रेल विभागले रेल पूर्वाधारमा ध्यान पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ । दुर्घटना भएको ठाउँमा पनि पर्खाल नभएको र रेलमा ठूलो संख्यामा उभिएर यात्रा गर्न अनुमति दिइएको आरोप छ । 

उता सहायक यातायात मन्त्री वाङ को साईले रेल दुर्घटना हुनुको कारण लापरबाही हुनसक्ने बताए । रेलमार्ग निर्माण गर्दा निर्माण कम्पनीले बलियो पर्खाल नलगाएको पाइएको उनको भनाई थियो । 


 


Author

थप समाचार
x