विश्व

विश्वका ११० देशमा पुनः कोभिडको संक्रमण वृद्धि

इकागज |
असार १६, २०७९ बिहिवार २१:४१ बजे

फाइल फोटो

काठमाडौँ - विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको संक्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बुधबार जनाएको छ । 

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि संक्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् । 


`महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,` डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भने । 

विश्वभरीको तथ्यांक हेर्दा अहिले औसतमा २० प्रतिशत संक्रमण वृद्धि भएको पनि उनले जानकारी दिए । डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।  

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए । ।  

`विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पुर्‍याउन सकेका छैनन्,` उनले भने ।  

न्युन आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उनले बताए । रासस


Author

थप समाचार
x