विश्व

भारतमा ग्यास सिलिन्डरको मूल्यमा १९८ भारुको गिरावट

इकागज |
असार १७, २०७९ शुक्रबार ११:५२ बजे

काठमाडौँ– भारतमा व्यावसायिक (एलपीजी) ग्यास सिलिन्डरको मूल्यमा १ सय ९८ भारतीय रुपैयाँले घटाइएको छ । १९ किलोको खाना पकाउने ग्यासको नयाँ दर जुलाई १ बाट लागू हुने टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा अब ग्यासको मूल्य २ सय २१ भारतीय रुपैयाँ हुनेछ जबकी यस अघि २ हजार २ सय १९ रुपैया रहेको थियो ।


पछिल्लो समय खाद्यान्‍नको मूल्य बढ्दै गएको समयमा ग्यासको मूल्यमा आएको गिरावट कारण सर्वसाधारणलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

साथै १९ किलोको ग्यास सिलिन्डर प्रयोग गर्ने व्यवसायीलाई समेत राहत मिल्ने अपेक्षा गरिएको छ । अन्य स्थानमा भने ग्यासको मूल्य फरक फरक रहेको छ ।


Author

थप समाचार
x