विश्व

भारतमा पहिरोमा परी ४८ को मृत्यु

इकागज |
असार २१, २०७९ मगलवार १७:३ बजे

नयाँदिल्ली - भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मंगलबार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् ।

गत हप्ता नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । यहाँ प्रमुख रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरैजसो कर्मचारी मृत्यु भएको थियो ।


राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक र अन्यका ४०० भन्दाबढी कर्मचारी उद्धारकार्यमा संलग्न रहेको अधिकारीले बताएका छन् । पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरुपमा अवरुद्ध भएको छ ।
––


Author

थप समाचार
x